चितवन राइनोज पी पी एल को फाइनलमा

चितवन राइनोज पोखरा प्रिमियर लिग क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । काठमाडौंलाई लिग चरणको अन्तिम खेलमा ६० रनले हराउँदै चितवनले फाइनलमा स्थान बनाएको हो ।

पोखरा क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले २० ओभरमा ४ विकेट गुमाउँदै एक सय ६७ रन बनायो । जवाफमा काठमाडौं २० ओभरमा नौ विकेट गुमाउँदै एक सय सात रनमा रोकियो ।

यो हारले काठमाडौंले आफ्नो खेल जितेर प्लेअफमा पुग्ने सम्भावना समाप्त गरेको छ । बुटवल यसअघि नै प्लेअफमा पुगिसकेको छ भने अब अर्काे एउटा स्थानका लागि बुधबार विराटनगरले बुटवलसँग प्रतिस्पर्धा गर्ने छ ।

यदि सो खेलमा बिराटनगर विजयी भएमा रन रेटमा उसले बुटवलसँग इलिमिनेटर खेल्नेछ । हारेमा रनरेटमा काठमाडौंले इलिमिनेटर खेल्नेछ ।


ताजा खबर