“आँसु” को गजल : ‘अछुत भो’

हिमाल अछुत पहाड अछुत, अनि तराइ अछुत भो ।
देश टुक्रा–टुक्रा बनाइ बेच्ने, काम गराइ अछुत भो ।

हिजो एकिकरणमा हुम्मिने, वीरको शालिक रहेन ।
यहाँ हावा गफ उखान–टुक्क, बर्बराइ अछुत भो ।

न हामी एकै नेपालीलाई, भाइ–भाई रहन दियौ ।
भाषणमा मात्र यो गर्छु उ गर्छु, कराइ अछुत भो ।

हो यहाँ सवैतिर देशको, सिमा मिचिएको सुनिन्छ ।
औंला उठाउन नसक्नु, सरकार मनपराइ अछुत भो ।

देशका नेताजि हाम्लाइ, ग्रेटर नेपाल बनाएर देखाउ ।
उसवेला जित्न विर पुर्खाहरुको, तोप भराइ अछुत भो ।

हिमाल अछुत पहाड अछुत, अनि तराइ अछुत भो ।
देश टुक्रा–टुक्रा बनाइ बेच्ने, काम गराइ अछुत भो ।

बिशाल पहाडि “आँसु”
फिक्कल–५ सोल्पाठाना


ताजा खबर