लोकसेवामा नाम निकाल्न कसरी लेख्ने ?

  • अध्ययन गर्ने सबैका आ–आफ्नै शैली हुन्छन् । यसको कुनै निश्चित विधि छैन । तपाईं पनि आफ्नै शैलीमा अध्ययन गर्नुस् । तर, मिहिनेत गर्नमा कुनै कसर बाँकी नराख्नुस् । यस्तो सोच्नुस्, अथक परिश्रमबाट मात्र म सफल हुन्छु ।
  • अध्ययनको दायरा विस्तार गर्नुस् । कुनै एक विधा वा पक्षको अध्ययनले मात्र पुग्दैन । गणित, भाषा, लेखनी, प्रविधिदेखि अन्तर्वार्तासम्मका लागि आफूलाई तयार राख्नुस् ।
  •  मैले सिकिसकेँ, अब त पास भइहालिन्छ भनेर भ्रम नपाल्नुस् । सिक्नका लागि हमेसा जिज्ञासु रहनुस् ।
  • आफूभन्दा अग्रज र लोकसेवा पास गरिसकेका अनुभवीको अनुभव तपाईंका लागि महत्वपूर्ण हुन्छ । उनीहरूले कसरी पढे, के गर्दा सफल भइन्छ भन्ने विषयमा अनुभव लिनुस् ।
  • कुनै इन्स्टिच्युटमा पढेकोमा मात्र भर नपर्नुस् । आफ्नो स्वअध्ययनलाई मुख्य आधार मान्नुस् । बरु थोरै पढ्नुस्, बुझेर पढ्नुस् ।

ताजा खबर