तेह्रौँ दक्षिण एशियाली खेलकूद : स्वर्ण पदक जित्ने खेलाडीलाई नौ लाख दिने प्रधानमन्त्रीको घोषणा

सरकारले तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) मा नेपालको तर्फबाट विभिन्न खेल विद्यामा पदक प्राप्त गर्ने २०६ जना खेलाडी तथा प्रशिक्षहरुलाई सहयोग राशीको घोषणा गरेको छ ।

खेलाडीहरुलाई खेलप्रति आर्षषित र प्रोत्साहन गर्न सरकारको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले पुरस्कार रकमको घोषण गर्नु भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज अपरान्ह पुरस्कार रकम घोषणा गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले १ स्वर्ण पदक पाउने खेलाडीलाई ९ लाख, एक भन्दा बढी स्वर्ण पदक पाउने लाई ११ लाख, रजत पदक पाउनेलाई ६ लाख र  कास्य पदक प्राप्त गर्ने खेलाडीलाई ३ लाख पुरस्कार दिने घोषण गर्नुभयो ।

त्यसैगरी प्रधानमन्त्री ओलीले सामूहिक खेलमा स्वर्ण पदक पाउने खेलाडीलाई जनही ५ लाख र स्वर्ण पदक दिलाउन सफल कोचलाई ५ लाख दिने पनि घोषण गर्नु भयो ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले यस पटक नेपाली खेलाडीहरुले आश्चर्यजनक नतिजा ल्याउन सफ भएको भन्दै बधाइ दिनु भयो । प्रधानमन्त्री ओलीले सरकारले घोषण गरेको पुरस्कारबाट खेलाडीहरलाई प्रोत्साहन हुन गई आगामी प्रतियोगिताहरुमा अझ राम्रो नतिजा ल्याउन सफल हुने विश्वास समेत व्यक्त गर्नु भयो ।

प्रधानमन्त्री ओलीले नेपाली खेलाडीहरुले आगामी दिनमा नेपालको खेललाई अझ उत्कष्ट र विश्वस्तरीय बनाउन खेलाडीहरुले अहिले बनाएका आफना कीर्तिमानहरुलाई आफैले तोड्ने अठोटका साथ अघि बढनु आवश्यक भएको बताउनु भयो ।

सफल नेपाल


ताजा खबर