१३औं दक्षिण एसियाली खेलकुद : गौरिकाको कीर्तिमान, नेपाललाई जुडोबाट ४५ औं स्वर्ण

गौरिका सिंहले तेह्रौं दक्षिण एसियाली खेलकुद सागको पौडी विधामा तेस्रो स्वर्ण जित्नुभएको छ । उहाँले पौडीको चारसय मिटर फ्रि स्टाइलमा भारतीय पौडीवाजलाई पराजित गर्नुभएको छ ।

सातदोबाटोमा सम्पन्न महिला पौडीतर्फको चारसय मिटर फ्रि स्टाइलको दूरी गौरिकाले चार मिनेट २५ दशमलब २० सेकेण्डमा पुरा गर्नुभयो । उहाँले भारतीय पौडीवाज शिवांगी शर्मालाई पराजित गर्नुभयो । शिवांगीले उक्त दूरी चार मिनेट २६ दशमलव २२ सेकेण्डमा पुरा गर्नुभयो ।

उहाँ रजत पदकमा चित्त बुझाउनुभयो । श्रीलङ्काकी रमुदी सहाराले कास्य पदक जित्नुभयो । सहाराले चार मिनेट ४९ दशमलब १० सेकेण्डमा चारसय मिटर दूरी पौड्नुभयो ।

गौरिकाले स्वर्ण दिलाएसँगै नेपालले तेह्रौं दक्षिण एसियाली खेलकुद सागमा ४४ स्वर्ण जितेको छ । शनिबारसम्म ४३ स्वर्ण जितेको नेपाललाई आइतबार गौरिकाले पहिलो स्वर्ण दिलाउनुभयो ।

जुडोमा देवीकालाई स्वर्ण
तेह्रौं दक्षिण एसियाली खेलकुदको जुडो स्पर्धामा देविका खड्काले स्वर्ण पदक जित्नुभएको छ । देविकाको स्वर्णसँगै नेपालले सागमा स्वर्ण संख्या ४५ पुर्याएको छ । देविकाले ५२ किलो तौल समूहमा श्रीलङ्काली र भारतीय खेलाडीलाई हराएर स्वर्ण पदक जित्नुभयो ।


ताजा खबर