पर्यटन प्रवर्द्धनकालागि ‘टुरिजम हिरो अवार्डस्’

मुलुकको पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने उद्देश्यले ‘टुरिजम हिरो अवार्डस्’ आयोजना हुने भएको छ ।

ग्लोबल टुरिजम प्रोमोसन काउन्सिलले नेपालमा पहिलो पटक विभिन्न ३१ विधामा उक्त अवार्ड प्रदान गर्न लागिएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । अवार्ड आगामी मार्च १९ तारिखमा काठमाडौँमा आयोजना हुदैँछ ।

पर्यटन प्रवर्द्धनमा योगदान गर्ने व्यक्ति तथा संस्थालाई प्रोत्साहित गर्ने उद्देश्यले अवार्ड आयोजना गरिएको काउन्सिलका अध्यक्ष धमेन्द्र सापकोटाले बताउनुभयो ।

होटलतर्फका १४ तथा पर्यटनका अन्य १७ विधा गरी कूल ३१ विधामा पाँच सयभन्दा बढीले प्रतिस्पर्धा गर्ने आयोजकको अनुमान छ । अवार्डको नोमिनेसन आजैदेखि खुल्ला गरिएको छ ।

वेभसाइट टुरिजम हिरो डट ओराजीमा नोमिनेसन फाइल गर्न सकिनेछ । प्राप्त नोमिनेसनलाई भोटिङका लागि आह्वान गरिने र प्राप्त भोटलाई आधार मान्दै जुरीको अन्तिम निर्णयका आधारमा विजेता घोषणा गरी अवार्ड ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ । रासस


ताजा खबर