कन्टिन्यूड मेडिकल एडुकेशन (सिएमई) कार्यक्रम सम्पन्न

काठमाडौंको चावहिल स्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरमा क्रिटिकल केयर नर्सेस् एसोसिएशनको कन्टिन्यूड मेडिकल एडुकेशन (सिएमई) कार्यक्रम सम्पन्न भएको छ ।

No description available.

सिएमईले सघन उपचार कक्षमा कार्यरत नर्सहरुको ज्ञान र सीप अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

No description available.

No description available.

कार्यक्रमलाई सम्बोधन गर्दै ॐ हस्पिटलका सघन उपचार विशेषज्ञ तथा क्रिटिकल केयर डेभलोपमेन्ट फाउण्डेशनका संस्थापक सदस्य डा. प्रमेश सुन्दर श्रेष्ठले नेपालको सघन उपचार बिगतको तुलनामा निकै स्तरिय भएको दाबी गर्नुभयो ।

No description available.

स्वागत मन्तव्यका क्रममा ॐ हस्पिटलकी नर्सिङ डाइरेक्टर उमा श्रेष्ठले ॐ हस्पिटलले नर्सहरुको यस किसिमका सिएमई नियमित रुपमा गर्दै आएको जिकिर गर्नुभयो । नर्सहरुले उपचार सीपको स्तर बृद्धिसँगै आफ्नो बानी ब्यहोरामा पनि सुधार गरेर ‍सेवा गर्नुपर्नेमा उहाँको जोड छ ।

No description available.

मन्तव्यका क्रममा क्रिटिकल केयर नर्सेस् एसोसिएशनकी अध्यक्ष विमला श्रेष्ठले सघन उपचारमा काम गर्ने नर्सहरुलाई लक्षित गरेर आयोजितसिएमई अत्यन्त प्रभावकारी रहेको र उपचारका सिलसिलामा उपयोगि विषयहरु सधैं प्रभावकारी हुने बताउनुभयो।

No description available.

ॐ हस्पिटलकी क्रिटिकल केयर नर्सिङ इन्चार्ज तथा क्रिटिकल केयर नर्सेस् एसोसिएशन अफ नेपालकी सह-कोषाध्यक्ष सविना ढकालले यस किसिमका शिक्षाप्रद कार्यक्रमहरुमा नर्सहरुको सहभागित स्वस्फुर्तरुपमा हुनुपर्ने र आफैं जागरुक भएर सहभागि हुन नर्सहरुलाई आग्रह गर्नुभयो ।

No description available.

सिएमईमा सघन उपचार कक्षमा क्रिटिकल केयर नर्सका रुपमा काम गर्दा आइसियुमा ए.आर.डि.एस. (अक्युट रेस्पिरेटोरी डिस्ट्रेस सिन्ड्रोम) को ब्यवस्थापन बारे त्रि.बि. शिक्षण अस्पतालमा कार्यरत नर्सिङ सुपरभाईजर पार्वता भट्टराईले प्रस्तुति दिनुभएको थियो ।

No description available.

शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रकी क्रिटिकल केयर नर्स विनिता थापाले ए.सि.एस.एम (अक्युट कोरोनरी सिन्ड्रोम म्यमनेजमेन्ट) बारे प्रस्तुति दिनुभएको थियो ।

No description available.

त्यसैगरी, ॐ हस्पिटलको सघन उपचार विभागका कार्यरत क्रिटिकल केयर नर्स रोशनी श्रेष्ठले आइसियु नर्सहरुकालागि मानसिक स्वास्थ्य सचेतनाबारे प्रस्तुति दिनुभएको थियो ।

No description available.

आइसियु नर्सहरुलाई नयाँ प्रविधि र ज्ञानबारे जानकारी गराएर विरामीको स्याहार सुसारकालागि दक्ष बनाउन नियमित रुपमा संचालन गरिँदै आएको सिएमईमा यसपटक भने उपत्यकाका बिभिन्न अस्पतालको सघन उपचार कक्षमा कार्यरत ६० जना नर्सहरुको सहभागिता रहेको थियो । सफल नेपाल


ताजा खबर