ग्लोबल आइएमई बैंकलाई भिसा पेमेन्ट अवार्ड-२०२३

ग्लोबल आइएमई बैंक लिमिटेडले ‘भिसा पेमेन्ट एक्सिलेन्स अवार्ड-२०२३’ प्राप्त गरेको छ।

भिसा इन्टरन्याशनलद्वारा काठमाडौंमा आयोजित लिडरशिप कन्क्लेभमा बैंकलाई सन् २०२३ मा भिसा सदस्यमध्ये एशोशिएट सदस्यतर्फ डेबिट कार्ड प्रवर्द्धनमा उत्कृष्ट बनेकोमा अवार्ड प्रदान गरिएको हो।

बैंकले हालै मात्र भिसासँगको सहकार्यमा भिजा स्क्यान टू पे भुक्तानी प्रणालीको शुरू गरेको छ। क्यूआर मार्फत भर्चुअल भिजा कार्डबाट पेमेन्ट गर्न सकिन्छ।

ग्लोबल आइएमई बैंकका देशका ७७ वटै जिल्लामा शाखा सञ्चालन छन्। बैंकले ३५५ शाखा, ३७९ एटीएम, २७४ शाखारहित ब्यांकिङ सेवा, ६५ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीन वटा वैदेशिक प्रतिनिधि कार्यालयबाट सेवा दिइरहेको छ। सफल नेपाल


ताजा खबर