एन्फाको प्रमुख कार्यकारी अधिकृतमा इन्द्रमान तुलाधर

अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सङ्कटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधरलाई नियुक्त गरेको छ ।

सोमबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा बसेको कार्यसमिति बैठकले सिइओमा पूर्व महासचिव तुलाधरलाई नियुक्त गरेको हो । यद्यपि, अधिकांश सदस्यहरुले सूचना प्रकाशित गरेर खुल्ला प्रतिस्पर्धाबाट सिइओ नियुक्त गर्ने निर्णय भइसकेको र सोही हुनुपर्ने भन्दै विरोध गरेका थिए ।

एन्फाले राष्ट्रिय टिमका खेलाडीलाई २० प्रतिशत बोनस दिने निर्णय पनि गरेको छ । अन्तर्राष्ट्रिय खेल प्रतियोगिताको आयोजना गर्दा टिकट विक्रीबाट प्राप्त हुने रकमको २० प्रतिशत रकम खेलाडीलाई दिने निर्णय एन्फाले गरेको हो ।

विभिन्न एजेन्डामाथि निर्णय गर्न एन्फाको कार्यसमिति बैठक सातदोबाटो हेडक्वार्टरमा बसेको थियो । रासस


ताजा खबर