एन्फाले खुल्ला छनोटबाट टोली निर्माण गर्ने

अखिल नेपाल फुटबल संघ (एन्फा)ले दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला यु–१९र यु–१६ च्याम्पियनसिपका लागि खुल्ला छनोटबाट टोली निर्माण गर्ने भएको छ ।

एन्फाले बुधबार आफ्ना जिल्ला सङ्घलाई पत्र काट्दै यु–१९ का लागि पुस १ देखि ६ तथा यु–१६ का लागि पुस ७ देखि १२ सम्म खेलाडी छनोट गरिसक्न आग्रह गरेको हो ।

यसैगरी दोस्रो चरणको छनोट प्रदेशबाट तथा अन्तिम चरणको छनोट काठमाडौँमा हुनेछ । रासस


ताजा खबर