नेपालमै पहिलो पटक भेटियाे सेताे गिद्ध

पुर्वी नवलपरासीको कावासोतीमा रहेको जटायु रेष्टुरेण्टमा विरलै देखिने सेतो रंगको हिमाली गिद्ध भेटिएको छ ।
नेपालमा अहिलेसम्म पाइएका हिमाली गिद्ध फिक्का मैलो र खैरो रंगको देखिएको थियो । पहिलो पटक पूरै सेतो रंग भएको देखिएपछि संरक्षणकर्मी उत्साहित बनेका छन् ।

गएको आइतबार वाइल्डलाइफ फोटोग्राफर पेम्बा शेर्पा, सुगम ताम्राकार, ताहिर अहमद, राजेन्द्र महर्जन र नेचर गाईड प्रेम महत्तोको टोलीले पहिलो पटक नेपालमा सेतो रंगको हिमाली गिद्ध देखेका र फेला पारेका थिए ।

कालो, खैरो रंगको गिद्धको समूहमा एक्कासी सेतो रंगको गिद्ध देख्दा त निक्कै रोमाञ्चित बनेको नेचर गाइड एवं समुदायमा आधारित चोरी शिकारी नियन्त्रण युवा जागरण अभियानका संयोजक प्रेम महतोको अनुभव छ ।

जटायु रेष्टुरेण्ट स्थापना भए पछि सन २०११, सन २०२० र अहिले गरेर तीन पटक फरक फरक जातका दुर्लभ गिद्ध देखिएका महतोले बताउनुभयो । रासस


ताजा खबर