रिगललाई आममाफी दिने निर्णय सर्वोच्चद्वारा बदर

पक्राउ परे रिगल / अब ११ वर्ष भन्दा बढी जेल बस्नुपर्ने

संविधान दिवसको अवसरमा आममाफी पाएका योगराज ढकाल रिगललाइ सर्वोच्च अदालले आममाफी बदर गरेको छ ।

बिहिबार अदालतका कायममुकायम प्रधानन्यायधिस इश्वरीप्रसाद खतिवडा, न्यायधीषद्वय सपना मल्ल र कुमार चुडालको पूर्ण इजलासले आममाफीको निर्यण बदर गर्ने आदेश दिएको हो ।

सर्वोच्चको फैसलालगत्तै पक्राउ परेका रिगलले कति अब वर्ष जेल बस्नु पर्छ ?

फैसलासँगै ढकाललाई हिजो अपरान्ह नेपालगञ्जको न्यूरोडबाट प्रहरीले पक्राउ गरेको छ ।  रिगलले अब ११ वर्ष भन्दा बढी जेल बस्नुपर्ने भएको छ । सर्वोच्चको फैसलाअनुसार उनी अब ११ वर्ष ११ महिना ५ दिन जेलमा बस्नुपर्ने

नेपालगञ्ज उपमहानगरपालिका ८ का २९ वर्षीय चेतन मानन्धरमाथि २०७२ असार २८ गते रिगलको निर्देशनमा दिनदहाडै खुँडा प्रहार गरिएको थियो ।

त्यस विरुद्द मानन्धरकी पत्नी भारती शेर्पाले गत असोज २२ गते सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो । त्यसमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतको पूर्ण इजलासले आज फैसला सुनाएको हो ।


ताजा खबर