इजरायलमा सम्पर्कविहीन विपिन जोशीको अवस्था अज्ञात

इजरायलमा सम्पर्कविहीन बनेका कञ्चनपुरका विपिन जोशीको अवस्था अझै अज्ञात रहेको छ । गत शनिवारदेखि सम्पर्कविहीन बनेका जोशीको अवस्था अझै पत्ता लाग्न सकेको छैन ।

काठमाडौँ । इजरायलमा सम्पर्कविहीन बनेका कञ्चनपुरका विपिन जोशीको अवस्था अझै अज्ञात रहेको छ । गत शनिवारदेखि सम्पर्कविहीन बनेका जोशीको अवस्था अझै पत्ता लाग्न सकेको छैन ।
इजरायलस्थित नेपाली दूतावासले उनको खोजी कार्य जारी रहेको जनाएको छ । तर, हालसम्म उनको अवस्था अज्ञात नै रहेको दूतावासले जनाएको छ ।
हमासले पहिलो पटक आक्रमण गर्दा विपिनले नै ग्रिनेड फिर्ता पठाएका थिए । त्यसपछि दोस्रो पटकको आक्रमणमा परी नेपाली विद्यार्थीहरुको ज्यान गएको थियो । उपचाररत हिमाञ्चल कट्टेलले जोशीलाई हमास समूहले बन्धक बनाएर लगेको बताएका छन् । ३४ जना हमासका विद्रोहीहरुले उनलाई बन्धक बनाएर लगेको आफूले देखेको उनको भनाई छ । त्यसैले नेपाल सरकार, इजरायल सरकार, दूतावास लगायतका सरोकारवाला निकायहरुले उनको खोजी त्यही आधारमा गर्न अनुरोध गरेका छन् । रासस

ताजा खबर