नोबेल शान्ति पुरस्कार इरानकी नर्गिस मोहम्मदीलाई

यो वर्षको नोबेल शान्ति पुरस्कार जेलमा रहेकी  इरानकी मानव अधिकारकर्मी नर्गिस मोहम्मदीले पाउनु भएको छ ।

महिलाविरुद्ध हुने दमनविरुद्ध गरेको सङ्घर्ष तथा सबैका लागि मानव अधिकार र स्वतन्त्रताका लागि गरेको पहलका लागि नर्वेको नोबेल शान्ति पुरस्कार समितिले उहाँलाई नोबेल शान्ति पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

मोहम्मदी अहिले तेहरानस्थित इभिन जेलमा हुनुहुन्छ । यो सरकारविरोधी प्रदर्शनकारीहरू, राजनीतिक बन्दी, पत्रकार र विदेशी नागरिकहरू राखिने कारागार हो ।

यस जेलमा कैदीहरूलाई यातना, अनिश्चितकालसम्म थुन्ने धम्की तथा स्वास्थ्य सुविधामा पहुँच नदिइएको भन्दै पश्चिमा मानव अधिकारवादी संस्थाहरूले आलोचना गर्दै आएका छन् ।

मोहम्मदीको परिवारले यो पुरस्कार सम्पूर्ण इरानी जनताको पुरस्कार भएको बताएको छ ।  रोयटर्स


ताजा खबर