टर्कीमा कोभिड–१९ का नौ नयाँ सङ्क्रमित भेटिए

टर्कीमा कोभिड–१९ इजी भेरियन्टका नौ वटा नयाँ सङ्क्रमित फेला परेका छन् ।

शुक्रबार परीक्षणका क्रममा नौ वटा नयाँ सङ्क्रमित फेला परेका हुन् । सङ्क्रमितहरूलाई उपचार गरिरहेको बताइएको छ ।

कोभिड–१९ को ५ स्ट्रेन स्वास्थ्यका लागि खतराजनक भने नरहेको टर्कीका स्वास्थ्यमन्त्री फहरेटिन कोकाले बताए ।

कोकाले यो कोरोना भेरियन्टको नयाँ प्रजाति मात्रै भएको र डराउनुपर्ने अवस्था नरहेको जानकारी दिनुभयो । सिन्ह्वा/रासस


ताजा खबर