हाम्रो भूमि फर्काएरै छाड्छौ बरिलै …

शोभा पाण्डेय (सिलवाल) / भगवती पाठक

हाम्रो देश,हाम्रो भेष
हामी गर्व गर्छौँ बरिलै।
सहन्नौ है अन्याय त
मर्न परे मर्छौ बरिलै ।
भारतले नेपालको
भूमि मिच्यो धेरै बरिलै ।
नालापानी , कालापानी
नेपालकै हो नि बरिलै ।
नेपालको टनकपुर र लिपुलेकला‌ई
भारतले छुने बरिलै ।
लुम्बिनी र जनकपुर नि
नेपालकै हो नि बरिलै  ।
आऊ नेपाली शिर उचाली
भूमि  फिर्ता गरौँ बरिलै  ।
यही माटोको सन्तान हामी
मर्न के को डर बरिलै ।
गौतम बुद्ध आफ्नै भन्छौ
गर्न थाल्यौ अति बरिलै।
तिम्रो अगि नेपालीको
शिर झुक्दैन कत्ति बरिलै ।
लड्न परे लड्छौँ हामी
मर्न परे मर्छौँ बरिलै ।
सीमा पिल्लर सारी सारी
भूमि कब्जा गर्यौ बरिलै ।
आँखा नलाऊ हाम्रो भूमि
फर्काएरै छाड्छौ बरिलै ।

ताजा खबर