मिस युनिभर्स नेपालका २२ प्रतिस्पर्धी सार्वजनिक

‘मिस युनिभर्स नेपाल २०२३’ का २२ जना अन्तिम प्रतिस्पर्धी सार्वजनिक भएका छन्।

एसियन पेन्टस्को सहकार्यमा उमङ्ग क्रिएसनले आयोजना गरेको प्रतिस्पर्धामा पाँच सय जनाबाट छानिएर २२ जना अन्तिम प्रतिस्पर्धीमा छानिएका हुन्।

छानिएका २२ जनामध्ये दुई जना विवाहित महिला र एक जना ‘ट्रान्स जेन्डर’ समेत सहभागिता रहेको आयोजकले जनाएको छ।

यस प्रतियोगिताको अन्तिम छनोट भदौ २३ गते हुने उमङ्ग क्रियसनका प्रबन्ध निर्देशक उद्धव अधिकारीले बताउनुभयो। २२ जना अन्तिम प्रतिस्पर्धीमध्येबाट विजेताले नोभेम्बरमा एलसाल्भाडोरमा हुने मिस युनिभर्समा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने अधिकारीले जानकारी दिनुभयो।   रासस


ताजा खबर