हरिवंशको शब्द, सङ्गीत र स्वरमा ‘ए केटा मादलु पड्का’

हास्य कलाकार हरिवंश आचार्यले आफ्नै शब्द, सङ्गीत र स्वरमा ‘ए केटा मादलु पड्का’ बोलको गीत ल्याउनुभएको छ । गीतमा उहाँलाई गायिका शान्तिश्री परियारले साथ दिनुभएको छ ।

आचार्यले भन्नुभयो, “अहिले नै नयाँ गीत ल्याउँला भन्ने थिएन । दुई महिनाअघि चितवनको एउटा समारोहमा पुग्दा बाहिर मान्छेहरू गीत गाउँदै उफ्री उफ्री नाचिरहेको देखेँ । त्यही बेला अचानक मेरो दिमागमा एउटा लय फु-यो । हत्तपत्त कोठामा गएँ । मोबाइलमा रेकर्ड गरेँ । लयसँगै शब्द पनि आयो ‘ए केटा मादलु पड्का, उफ्रिएर नाच्दिन्छु तीन झड्का ।’ तै पनि पछि रेकर्ड गरौँला भनेर बसेको थिएँ । यत्तिकैमा एक दिन सरोज भाइ (ओली) लाई गीतको शब्द र लय कस्तो छ भनेर सुनाएँ । भाइलाई मन परेछ । रेकर्ड गरिहालौँ भनेँ । एरेन्जर श्यामश्वेत रसाइली लिएर गइहालेँ । श्यामश्वेत भाइले पनि यो रमाइलो छ, चड्किन्छ भनेपछि गीतले यो स्वरूप पायो ।”

गीतको भिडियोमा अभिनेतृ प्रियङ्का कार्की र आचार्यसँगै गायक तथा निर्देशक सरोज ओली स्वयम्ले अभिनय गर्नुभएको छ । नवराज उप्रेतीको छायाङ्कन, भूपेन्द्र अधिकारीको सम्पादन रहेको गीतको भिडियो निर्देशन गम्भीर विष्टले गर्नुभएको हो ।

भिडियो हेर्नुस्ः


ताजा खबर