विवाहपञ्चमीको स्वयंम्बर सम्पन्न : राति विवाहको कार्यक्रम (फोटोफिचर)

जनकपुरधाम । प्रत्येक वर्ष मंसिर शुक्लपक्ष पञ्चमी तिथिका दिन मनाईने श्रीसीतराम विवाहपञ्चमी महामहोत्सव जनकपुरधाममा आज भव्य रुपमा मनाईदैछ ।

त्रेतायूगमा मिथिलाका राजा राजर्षि जनकको प्रतिज्ञा पुरा गरेको भन्दै अयोध्याका राजा दशरथका पुत्र श्रीरामसंग आजैको पावन तिथीमा रामजानकीको विवाह सम्पन्न भएको स्मरणमा विवाहपञ्चमी महामहोत्सव मनाउने चलन जनकपुरधाममा रहेको छ ।

आज विहानदेखि नै जनकपुरधामको धार्मिक सरोवर तथा तलाउहरु गंगासार, धनुषसागर, रत्नसागर, अङ्गराजसर, विहार कुण्ड, अग्नि कुण्ड तथा दुग्धमतिमा स्नान गरेर जानकी मंन्दिर, राममंन्दिर सहितको मठ मंन्दिरहरुमा भक्तजनहरुले पूँजा अर्चना गरिरहेका छन् ।

सप्ताहव्यापी विवाहपञ्चमी महामहोत्वसको स्वम्बर कार्यक्रम जनकपुरधाको बाह्र विघा रङ्गभूमि मैदानमा आजै सम्पन्न भएको छ । भगवान रामको डोलीलाई माता जानकीको डोलीले तीनपटक परिक्रमा गरेर स्वयंम्बर गर्ने चलन रहेको छ ।

स्वयंम्बर कार्यक्रमको अवलोकन गर्नका लागि लाखौ तीर्थयात्रीहरु वाह्र विघा रङ्गभूमि मैदान क्षेत्रमा उपस्थित रहेका थिए । अहिले डोलाले नगरको परिक्रमा गरिरहेको छ । नगरको परिक्रमा गर्दै पुनः जानकी मंन्दिरमा पुगेपछि साँझ मिथिलाको परम्परा अनुसार वैवाहिक कार्यक्रम रहेको छ ।

यस अघि राम मंन्दिर तथा जानकी मंन्दिरबाट सजिएर जन्तिहरु विभिन्न सवारी साधन तथा पैदल नै बाह्र विघा पुगेर नगरको परिक्रमा गरिरहेका छन् ।

खास गरेर पाँच वर्षको अन्तरालमा भारतको अयोध्याबाट जन्ती आउने चलन अनुसार यस पटक आएको छ भने स्वयंम्बरमा पनि जन्तीहरु सहभागी रहेका थिए । रातीको वैवाहिक कार्यक्रमको तयारी भव्य रुपमा जानकी मंन्दिरको परिसरमा भएको छ ।

भारतको अयोध्यामा राममंन्दिरको निर्माण हुने फैसला त्यहाका सर्वोच्च अदालतले गरेपछि यस पटक भारी संख्यामा भारतीय तीर्थयात्रीहरु जनकपुरधाम आएका छन् । यसका साथै नेपालको विभिन्न भागबाट पनि तीर्थयात्रीहरु बिवाहपञ्चमी महामहोत्सवमा सहभागी हुनका लागि जनकपुरधाम आएका छन् ।

पाँचयसको संख्यामा भारतबाट विशिष्ट साधुसन्तहरु जन्तीको रुपमा जनकपुरधाम मंसिर १२ गते नै आईपुगेका छन् । मेलाको सुरक्षाका लागि चार हजार पाँच सयको संख्यामा नेपाल प्रहरी, शसस्त्र प्रहरी तथा नेपाली सेनाका सदा पोशाकका सुरक्षा कर्मीहरु परिचालन गरिएको छ ।

यसै गरी ट्राफिकको व्यवस्था पनि चुस्त बनाइएकोे छ । नगरको बीच भागमा सवारी साधनको प्रवेश निषेध गरिएको छ ।

Image may contain: one or more people, night and outdoor

Image may contain: 10 people, people smiling, people standing

Image may contain: 3 people

Image may contain: 4 people, people standing and outdoor

Image may contain: 1 person, smiling, crowd and outdoor

Image may contain: 8 people, crowd and outdoor

रासस


ताजा खबर