सत्य स्वरुपको ‘जङ्गे पिल्लर’ सार्वजनिक

सत्यराज आचार्य र स्वरूपराज आचार्यद्वारा स्वरवद्ध राष्ट्रिय भावनाको गीत ‘जङ्गे पिल्लर’ सार्वजनिक भएको छ ।

राष्ट्रिय अखण्डता र स्वतन्त्रताको भाव समेटिएको गीतले वर्षौंदेखिको नेपाल–भारतबिचको सीमा समस्या समाधानको विषय उठान गरेको छ ।

गीतमा शब्द रचना र सङ्गीत जोसेफ शाही ठकुरीको छ । उदयराज पौडेलको सङ्गीत संयोजन र किशोर थापाको ध्वनि सम्पादन रहेको गीत ए–वन म्युजिसियन स्टुडियोमा रेकर्ड गरिएको हो ।

गीतको सम्पादन र पोस्टर डिजाइन विष्णु खड्काले गर्नुभएको हो ।


ताजा खबर