काठमाडौं महानगरले बन्द गरायो कान्तिपुर हिसान शैक्षिक मेला

काठमाडौं महानगरपालिकाले कान्तिपुर हिसान एडुफेयर (शैक्षिक मेला) बन्द गराएको छ।

महानगरले बन्द गरायो शैक्षिक मेला

बिहीबारदेखि काठमाडौंको भृकुटीमण्डपमा शुरू भएको मेलामा सम्झौता विपरीत काम गरिएको भन्दै महानगरले बन्द गराएको हो। मेलामा सम्झौता विपरीत शिक्षण शुल्कको विषयमा परामर्श गराएको र एसईईको रिजल्ट नै नआईकन कक्षा ११ को भर्ना फर्म भराएकाले मेला बन्द गराइएको महानगरले जनाएको छ।

No photo description available.

कान्तिपुर पब्लिकेशन्स र उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान)ले संयुक्त रूपमा मेला आयोजना गरेका हुन्। शिक्षा मन्त्रालयबाट स्वीकृति लिंदा नेपालका कलेजमा पढाइ हुने विषयबारे विद्यार्थीलाई परामर्श दिने र शिक्षण शुल्कबारे परामर्श नगरिने उल्लेख गरिएको भए पनि त्यस विपरीत काम भएको महानगरले जनाएको छ।

स्वीकृति लिंदाको मापदण्ड उल्लंघन गरेका कारण मेला बन्द गराइएको काठमाडौं महानगरका मेयर बालेन्द्र साहका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंले बताए। “मेला आयोजकले माफी मागेर सम्झौता अनुरूप मेला सञ्चालन गर्ने पत्र पठाएमा भोलिबाट मेला सञ्चालन गर्न दिइनेछ,” बजगाईंले भने।

काठमाडौं महानगरले बन्द गरायो कान्तिपुर हिसान शैक्षिक मेला

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले बिहीबार मेला उद्घाटन गरेका थिए। असार ३ गतेसम्म चल्ने मेलामा १०० भन्दा बढी शैक्षिक संस्थाका स्टल राखिएको आयोजकले जनाएको छ।


ताजा खबर