सरकारद्वारा राष्ट्रिय जनशक्ति नीति–२०८० जारी

 एक दशकपछि सेवा क्षेत्रमा करिब ८४ लाख जनशक्ति आवश्यक पर्ने प्रक्षेपण गरिएको छ । सरकारले हालै जारी गरेको राष्ट्रिय जनशक्ति नीति–२०८० मा सो प्रक्षेपण गरिएको हो ।

सरकारी प्रक्षेपणअनुसार २०९० सालमा सेवा क्षेत्रमा ८४ लाख १३ हजार ८ सय ९८ र २१०० सालमा १ करोड ३ लाख १ सय १ जनशक्ति लाग्ने अनुमान छ । त्यस्तै, यो वर्षको अन्त्यमा ४५ लाख ७४ हजार ६ सय ९३ जनशक्ति आवश्यक पर्ने अनुमान गरिएको छ ।

कृषिमा क्रमशः २०८० सालसम्ममा १ करोड ३ लाख ५४ हजार, २०९० मा ७८ लाख ८६ हजार र २०२१ सालमा ७६ लाख ६१ हजार जनशक्ति चाहिने अनुमान छ ।

कृषिमा अनुमानित जनसंख्या घट्दो क्रममा रहेको सरकारी प्रक्षेपण छ । उद्योगमा क्रमशः २०८० मा ३० लाख २४ हजार, २०९० सालमा ४६ लाख ६१ हजार र २०२१ सालमा ५५ लाख ३० हजार जनशक्ति आवश्यक पर्ने अनुमान गरिएको छ ।


ताजा खबर