‘द पोयट आइडल’को उपाधि नीलम गुरुङलाई

रियालिटी सो ‘द पोयट आइडल’को उपाधि नीलम गुरुङले जित्नुभएको छ ।

शुक्रबार भएको कार्यक्रममा अन्य तीन प्रतिस्पर्धीलाई पछि पार्दै नीलमले पहिलो ‘द पोयट आइडल’को उपाधि जित्नुभएको हो ।

उपाधिसँगै उहाँले १० लाख प्राप्त गर्नुभएको छ । कवि पल्लविव, नाथन रायान र मिल्सन राई फाइनलिस्ट रहनुभएको थियो ।

अमनप्रताप अधिकारीले निर्देशन गर्नुभएको पहिलो नेपाली ‘सो’मा विप्लव प्रतीक, अनुप बराल, उपेन्द्र सुब्बा र सुरक्षा पन्तले निर्णायकको भूमिकामा हुनुहुन्थ्यो ।


ताजा खबर