‘नयाँ वर्षको लाख लाख शुभकामना’

~  शोभा पाण्डेय /सिलवाल
घुमिफिरी२ ०८० सालको आयो नयाँ वर्ष
नयाँ जोश र उमङ्गले छाओस् सबमा  हर्ष ।
लालीगुँरास फूल जस्तै रङ्गीन होओस् जीवन
नूतन विचार आओस् सबमा स्वस्थ रहोस् तन ।
दुर्गुणहरू पाखा लागून् सद्गुणले छाओस्
सबको जीवन हर्ष उल्लास समृद्धिले चुमोस् ।
देशबाट उखेलियोस् भ्रष्टाचारको जरा
महँंगीको चपेटा नपरून् कोही बरा ।
समाजबाट कुरीति र कुसंस्कार हटोस्
अनेकतामा एकता भई समाज अघि बढोस् ।
सबको मति फिरी जाओस् शुद्ध रहोस् चित्त
शिक्षा, स्वास्थ्य, रोजगारी  पाऊन् देशभित्र ।
सबको पाइला अघि बढोस् सगरमाथा छुन
कुनै पनि नेपालीले नपरोस् है रुन ।
 सबको भाग्य  चम्की रहोस् दियो सरी बलोस्
  भोकमरी र कोरोनाले कसैलाई नछोओस् ।
धानको बाला झुलेसरी सबको जीवन झुलोस्
जाई ,जुही ,गुलाफ सरी सबको जीवन फुलोस् ।
पूरा होओस् सबको इच्छा  एवम् शुभ भावना
२०८० सालको असीमित शुभकामना ।
शुभकामना !!

ताजा खबर