११औ बिबाह बर्षगाँठ मनाउँदै धुर्मुस सुन्तली : फेसबुकमा माया साटासाट

चर्चित हास्य कलाकार तथा सामाजिक अभियन्ता धुर्मुस सुन्तलीको आज विवाह भएको ११ बर्ष पुगेको छ । आज हाँस्यकलाकार सिताराम कट्टेल धुर्मुस र कुन्जना घिमिरे सुन्तलीको एनिभर्सरीको दिन बिहानैदेखी उनीहरुलाई सुभकामनाको आइरो लागेको छ ।सामाजिक कार्य गर्ने उदेश्यले धुर्मुस सुन्तलीले खोलेको धुर्मुस सुन्तली फाउण्डेशनले हालसम्म धेरै सामाजिक कार्यहरु गरिरहेको छ ।

हास्य कलाकारको रुपमा मात्र नचिनिई सामाजिक अभियन्ताको रुपमा पनि चिनिएका धुर्मुस सुन्तलीले अहिले धेरैको मन जितेका छन् । आज आफुहरुको विवाह भएको ११ बर्ष पुगेको दिन हास्यकलाकार सिताराम कट्टेल धुर्मुसले आफ्नो फेसबुकमा एक स्टाटस लेखेका छन् ।

उनले आज आफुहरुको एनिभर्सरी रहेको जानकारी गराउदै लेखेका छन् – तिम्रो साथ, माया र पियार । परेको छैन व्यहोर्न हार । मायाले जोडेको हाम्रो मन । सेवामा समर्पित दुवै ज्यान।

मेरो ज्ञानको हौ तिमी मुहान । गर्छौ प्रोत्साहान, दिएर आफ्ना सपनाको बलिदान । त्यसैले छौ तिमी मेरो लागि महान । यसैगरी बिताउन पाउँ सिंगो जीवन । Happy Anniversary To Us ???????? love u dear


ताजा खबर