नेपाल ८ वर्षपछि पुनः यु-१९ विश्वकपमा

 नेपाल यू-१९ विश्वकपमा छनोट भएको छ।

विश्वपकपको एसिया छनोटको अन्तिम खेलमा आज युएईलाई ७ रनले हराउँदै नेपाल ८ वर्षपछि यु-१९ विश्वकपमा छनोट भएको हो।

स्पिनर दीपेश कँडलले ह्याट्रिक लिँदै नेपाल यू-१९ विश्वकपमा छनोट भएको छ। विश्वपकपको एसिया छनोटको अन्तिम खेलमा युएईलाई ७ रनले पराउँदै नेपाल ८ वर्षपछि यु-१९ विश्वकपमा छनोट भएको हो।

नेपाललाई विश्वकपमा पुर्‍याउने क्रममा दीपेशले सनसनीपूर्ण ह्याट्रिक गरे। युएई जितका लागि ३ ओभरमा ११ रन चाहिएको अवस्थामा स्पिनर दीपेशले ४७औं ओभरको अन्तिम तीन बलमा विकेट लिँदै नेपाललाई श्रीलंकामा हुने यू-१९ विश्वकपमा छनोट गराए।

पहिला ब्याटिङ गर्दै नेपालले दिएको १९२ रनको लक्ष्य छ्याएको युएई ४८ ओभरमा १८४ रनमा अलआउट भयो। उसका लागि इथान कार्लले ६६ बलमा ५० रन बनाए। उनले ८ चौ्रका प्रहार गरे। यस्तै, आर्यन सक्नेनाले ३४, आर्यन्श शर्माले ३२ र अमर बदानीले १९ रनको योगदान दिए।

आफ्नो अन्तिम ओभरमा सनसनीपूर्ण ह्याट्रिक गरेका दीपेशले ५ ओभारमा १ मेडनसहित ४२ रन खर्चेर ५ विकेट लिए। यस्तै, हेमन्त धामी र सुवास भण्डारीले समान २ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको नेपालले कप्तान देव खनालको अर्धशतक मद्दतमा ४८.५ बलमा अलआउट हुँदै १९१ रन बनायो। दुवै आपर सस्तैमा आउट भएपछि दबाबमा आएको नेपालका लागि देव खनालले कप्तानी इनिङ खेले।

नेपालका कप्तान देव खनालले ८४ बलमा ५१ रनको अर्धशतकीय इनिङ खेले। उनले ३ चौका र १ छक्का प्रहार गरेका थिए। यस्तै, विशालविक्रम केसीले ५० बलमा ३८ रन बनाउँदा उत्तम थापा ३६ रन बनाए। युएईका लागि धुव्र पराशरले ३ तथा हरिस शेठ्ठी, र आयान खानले समान २ विकेट लिए।

६ टिम सहभागी यू-१९ विशवकपको एसिया छनोटमा नेपालले शतप्रतिश जित निकाल्यो। छनोटका शीर्ष स्थानमा रहँदै विश्वकपमा स्थान बनायो। यता, नेपालसँग मात्र पराजित भएको युएई ४ खेल जित्दै दोस्रो भयो। नेपाल र युएई दुवैले सिंगापु, कुवेत, मलेसिया र हङकङमाथि सहज जित निकालेका थिए।


ताजा खबर