आज देशैभरि सार्वजनिक बिदा

सरकारले आज  (फागुन १ गते) देशैभरि सार्वजनिक बिदा दिएको छ ।

आइतवार बसेको मन्त्रिपरिषदको बैठकले माओवादी जनयुद्ध सुरू भएको दिनका अवसरमा आज देशैभरि सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

विसं २०५२ फागुन १ गतेदेखि सुरू भएको जनयुद्ध २०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो । त्यही जनयुद्धको जगमा नेपालमा राजनीतिक परिवर्तन सम्भव भएको थियो भने गणतन्त्र, सङ्घीय प्रणाली, समावेशी लोकतन्त्र, सामाजिक न्यायजस्ता उपलब्धि जनयुद्ध र जनआन्दोलनको बलमा नै स्थापित भएका थिए ।

जनयुद्धको नेतृत्वकर्ता पार्टी माओवादी केन्द्रले प्रत्येक वर्ष फागुन १ गतेलाई जनयुद्ध दिवसको रूपमा मनाउँदै आएको छ । परिवर्तनका पक्षमा भएका सबै आन्दोलन र क्रान्तिको सम्मानमा सरकारले सार्वजनिक बिदा दिने निर्णय लिएको हो ।

 


ताजा खबर