ह्युमन मिल्क बैङ्कबाट शिशुलाई आमाको दान गरिएको दूध

आफ्नो आमाको दूध नआउने वा कुनै कारणले खुवाउन नमिल्ने अवस्थामा पनि अब नवजात शिशुहरूले अर्को आमाको स्तनपान गर्न पाउने भएका छन् । बच्चालाई अर्को आमाको दूध खुवाउनका लागि अहिले थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पतालले स्थापना गरेको ‘ह्युमन मिल्क बैङ्क’ निकै प्रभावकारी  देखिएको छ ।

 

कोषले विगत पाँच महिनादेखि स्तनपान गर्न नसक्ने बच्चालाई अमृतसरह आमाको दूध उपलब्ध गराउँदै आएको छ । गत भदौमा सञ्चालनमा आएको गृहमा रहेको मिल्क बैङ्कले स्तनपान गर्न नसक्ने, आमाको दूध नआउने बच्चालाई आमाहरूबाट दान गरिएको दूध उपलब्ध गराउँदै आएको छ ।

All you need to know about Nepal's first-ever Human Milk Bank :: Sabitri Dhakal :: Nepal Minute - out of the ordinary

human milk bank UNICEF_Amrit Kosh_Aug2022-208690

‘बृहत् स्तनपान व्यवस्थापन केन्द्र’ अर्थात् ‘अमृत कोष’ नाम दिइएको यस बैङ्कमा दैनिक आमाहरूले दान गरिएको सङ्कलन भएको दूध बच्चालाई उपलब्ध गराउँदै आएको अस्पतालको प्रमुख बालरोग विशेषज्ञ तथा ‘ह्युमन मिल्क बैङ्क’का इन्चार्ज डा.कल्पना उपाध्याय सुवेदी बताउनुभयो । सधन उपचार कक्ष (आईसीयू)मा रहेका आमा, भर्ना भएका आमा, स्तनपान गर्न नसक्ने आमाबाट दूध दान गरिन्छ । “कसैको बच्चाले आमाको दूध खाने हुन्छ, कसैको हुँदैन । भेन्टिलेटरमा भएका बच्चालाई पनि आमाको दूध चुसाउँदैनौँ । त्यस्ता आमाहरूको दूध अमृतकोषमा राख्ने गर्दछौँ,” डा उपाध्यायले भन्नुभयो, “जुन बच्चाले राम्रोसँग स्तनपान गर्न सक्दैन । त्यस्तो आमाको दूध हामी यहीँ निकाल्छौँ र जति बच्चालाई चाहिन्छ त्यति दिन्छौँ र बाँकी बैङ्कमा नै राख्ने गरेका छौँ ।” शल्यक्रिया गरेका आमा पाँच दिन अस्पतालमा बस्ने गर्छन् । अनि त्यस्ता आमाले पनि दूध दान गर्छन् ।

Nepal's first 'human milk bank' in maternity homes, complete ban on cow's milk - Himal Sanchar

अस्पतालका प्रमुख कन्सल्ट्यान्ट डा. श्रीप्रसाद अधिकारीले बच्चालाई आमाको दूध खुवाउनका लागि नै ‘ह्युमन मिल्क बैङ्क’ स्थापना गरिएको बताउनुभयो । “नेपालमा आमाको दूध खान नपाएर नवजात शिशुको मृत्युदर एक हजार जनामा २१ जना रहेको छ,” उहाँले भन्नुभयो, “बैङ्कले बच्चालाई आमाको दूध उपलब्ध गराउँदै आएको छ । अब पक्कै पनि नवजात शिशु मृत्युदर घट्नेछ ।” कतिपय नवजात शिशुलाई आमाको दूध नआएर ल्याक्टोजेन खुवाउने गरिएको थियो । उहाँले बैङ्क स्थापनासँगै अहिले  नवजात शिशुलाई ल्याक्टोजेन खुवाउन नपरेको बताउनुहुन्छ । उहाँले शिशुलाई आमाको दूध खुवाएर अस्पताललाई पूर्ण ल्याक्टोजेन मुक्त गराइएको बताउनुभयो । नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ को सर्वेक्षण प्रतिवेदनले नेपालमा हाल ५६ प्रतिशत आमाले मात्रै शिशु जन्मिएको छ महिनासम्म पूर्ण स्तनपान गराउने उल्लेख गरेको छ । सन् २०१६ को सर्वेक्षणले ६६ प्रतिशत आमाले शिशुलाई पूर्ण स्तनपान गराउने गरेको उल्लेख छ ।

समयभन्दा अगाडि जन्मेको बच्चा, गम्भीर बिरामी भएका बच्चा, जन्मिनेबित्तिकै रुन नसक्ने हातखुट्टा नै लल्याकलुलुक भएको बच्चा, आईसीयूमा रहेको बच्चा, आमाको दूध राम्रोसँग तान्न नसक्ने बच्चालाई मिल्क बैङ्कमा जम्मा भएको दूध खुवाउने गरिन्छ ।

Nepal's first Human Milk Bank | Nepali Times

दैनिक दुई हजार ५०० मिलिलिटरसम्म सङ्कलन

मिल्क बैङ्कमा पहिले दैनिक ३५० मिलिलिटर दूध जम्मा हुने गरेकामा अहिले दैनिक एक हजार पाँच सय मिलिलिटर जम्मा हुन थालेको अस्पतालले जनाएको छ । दैनिक बढ्दै गएर कहिलेकाहीँ दुई हजार पाँच सय मिलिलिटरसम्म दूध बैङ्कमा जम्मा हुने गरेको प्रमुख कन्सल्ट्यान्ट डा. अधिकारी बताउनुहुन्छ ।

Nepal's first Human Milk Bank 'Amrit Kosh' opens at the Maternity Hospital

उहाँका अनुसार अहिले सङ्कलन गरिएको दूध अस्पताल भर्ना भएका, समय नपुगी जन्मिएका, अशक्त शिशु, आमाको दूध नआउने, स्तनपान गर्न नसक्ने शिशुलाई खुवाउने गरेको बताउनुहुन्छ । “हामीले आमाको दूध नआउने र आमाको दूध चुस्न नसक्ने शिशुलाई मात्र दूध उपलब्ध गराउने गरेका छौँ,” उहाँले भन्नुभयो, “अहिले हामीलाई सङ्कलन गरेको दूधले पनि पुग्दैन । सबै शिशुलाई दूध खुवाउनका लागि दैनिक चार हजार मिलिलिटर दूध चाहिन्छ ।” उहाँ कहिलेकाहीँ मात्र बाहिरबाट आमाहरूले दूध दान गर्न आउने गरेको बताउनुहुन्छ ।

Nepal's first 'human milk bank' in maternity homes, complete ban on cow's milk - Himal Sanchar

सङ्कलन गरिएको दूध २४ घण्टासम्म सामान्य फ्रिजमा राख्ने गरिन्छ र त्यसपछि दूधलाई निर्मलीकरण गरेर मात्रै शिशुलाई खुवाइन्छ । बैङ्कमा पर्याप्त मात्रामा दूध दान नभएपछि अस्पतालमा भर्ना भएका सबै बच्चालाई दूध उपलब्ध गराउन नसकिएको अस्पतालले जनाएको छ ।

Nepal gets its first-ever Human Milk Bank

अस्पतालका प्रमुख कन्सल्ट्यान्ट 

डा. अधिकारीले अस्पतालमा रहेका पाँच जना स्वास्थ्यकर्मीले प्रत्येक शøयामा गई शिशुका आमालाई बैङ्कमा दूध दान गर्न परामर्श गर्ने गरेको बताउनुभयो । अहिले छवटा इलेक्ट्रिक मेसिन र हातले दुहेर दूध सङ्कलन गरिन्छ । दूध दिने आमामा कुनै रोग छ कि छैन भनेर परीक्षण गरेपछि मात्रै आमा स्वस्थ्य भएमा दूध दान गर्न सक्छिन् ।


ताजा खबर