‘प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार : आज बिहान भेन्टिलेटरबाट हटाइयो

११ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य मंगलबारको भन्दा सुधार हुँदै गएको छ । बुधबार बिहान उनलाई भेन्टिलेटरबाट पनि हटाइएको छ ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले भने, ‘हिजोको भन्दा स्वास्थ्यमा सुधार भइरहेको छ र एनेस्थेसिया दिदादेखि राखिएको जुन भेन्टिलेटर थियो, त्यो पनि आज बिहान हटाइएको छ ।’

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा मंगलबार  एपेण्डिक्सको शल्यकृया गरिएको थियो ।

चिकित्सकका अनुसार प्रधानमन्त्री ओलीलाई केही दिन अस्पतालमै राखिने छ ।

रासस

 


ताजा खबर