वरिष्ठ पत्रकार विनय कसजूको निधन

बाल साहित्यकार तथा वरिष्ठ पत्रकार विनय कसजूको ६९ वर्षको उमेरमा मंगलबार निधन भएको छ।

निमोनिया, मधुमेहलगायत रोगबाट पीडित कसजुको मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो।

कसजु राष्ट्रिय सूचना आयोगका संस्थापक अध्यक्ष, राससका लागि पूर्वसञ्चालक समिति सदस्यलगायतमा रहेर काम गरेका थिए।

बालसाहित्यका दर्जनाैं किताब लेखेका उनले गाउँले जनजीवनका लागि उपयोगी देउराली गाउँले भित्ते पत्रिका निकालेर नेपालमा ग्रामीण पत्रिकाको सुरुवात गरेका थिए। नेपाल प्रेस काउन्सिल, राष्ट्रिय समाचार समिति राष्ट्रिय सूचना आयोग आदि महत्वपूर्ण संस्थामा रहेर उनले पत्रकारिता क्षेत्रमा योगदान दिए।

बालवाङ्मय तथा अनुसन्धान केन्द्रका संस्थापक अध्यक्ष रहेका कसजूका  बालकथा लेखन, बालबालिकामा पढ्ने बानीको विकास, स्विडेनको बालसाहित्य, बालकथा सम्पादन, कसजूका १०० बालकथाहरु, मुसालाई दोसल्ला र माकुरालाई मोजा, बाँसुरी बजाउने भूत, डल्फिनको गीतलगायतका कृति सार्वजनिक छन्।


ताजा खबर