अप्रेशनपछि प्रधानमन्त्री ओली सघन उपचार कक्षको भेन्टिलेटरमा : स्वास्थ्य गम्भीर तर स्थिर रहेको चिकत्सकको भनाई

 प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य गम्भीर तर स्थिर रहेको बताइएको छ । त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर सेन्टरमा शल्यक्रियापछि उनको अवस्था स्थिर रहेको अस्पताल स्रोतले जानकारी दिएको। स्वास्थ्य गम्भीर भएपछि प्रधानमन्त्री ओलीलाई सघन उपचार कक्षमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको अस्पताल स्रोतले बताएको छ।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीलाई इलेक्टिभ भेन्टिलेटर (कृत्रिम स्वासप्रस्वास)मा राखिएको छ। चिकित्सकका अनुसार इलेक्टिभ भेन्टिलेटरमा राख्नु भनेको उहाँका अन्य अंगहरुले राम्रो काम गरिरहेको तर केही सपोर्ट आवश्यक परेकाले राख्नु पर्ने अवस्था हो।

प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिस फुटेर संक्रमण फैलिएपछि आज बिहान शल्यक्रिया गरिएको थियो। अत्याधिक पेट दुखेपछि प्रधानमन्त्री ओलीलाई बिहान ९ बजे अस्पताल लगिएको थियो। अस्पतालमा आवश्यक परिक्षणका क्रममा प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिस फुटेर शरीरमा संक्रमण भइसकेको थियो। एपेन्डिसाइटिस फुटेर संक्रमण फैलिनु भनेको गम्भीर अवस्था हुनु हो।

त्यसपछि चिकित्सकको टोलीले तत्कालै शल्यक्रियासहितको अन्य उपचार प्रक्रिया अगाडि बढाएका हुन्। शल्यक्रियापछि प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थिर रहेपनि खतरामुक्त भने भइनसकेको स्रोत बताउँछ। प्रधानमन्त्रीको डा रमेशसिंह भण्डारी, डा पलेस्वाँ लाखे जोशी लगायतको टोलीले शल्यक्रिया गरेका हुन्। शल्यक्रिया झन्डै ४५ मिनेट भएको थियो।

सामान्य अवस्थामा रहेका मानिसमा पनि एपेन्डिसाइटिस फुटेर संक्रमण फैलिनु खतरनाक मानिन्छ भने मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिमा झन् खतरा मानिन्छ।

प्रधानमन्त्रीको शल्यक्रियापछि अस्पतालले जारी गरेको विज्ञप्तिमा सघन उपचारको सम्पूर्ण व्यवस्थासहितको निरन्तर निगरानीमा राखिएको उल्लेख छ। विज्ञप्तिमा प्रधानमन्त्रीको एपेन्डिसाइटिस सहितको पेटको संक्रमण (पेरिटोनिटिस) देखिएपछि तत्काल ल्यापेरोटोमी एन्ड एपेन्डिक्टोमी उपचार गरिएको उल्लेख छ।

No photo description available.

आज बेलुका ७.३० बजे  जारी विज्ञप्तीमा प्रधानमन्त्री ओलीको स्वास्थ्यवस्था स्थिर रहेको जनाएको हो । सेन्टरका कार्यकारी निर्देशक प्रा.डा. उत्तमकृष्ठ श्रेष्ठद्धारा जारी विज्ञप्तीमा  प्रधानमन्त्रीको एपेन्डिसाइटिसको शल्यक्रियापश्चात् सघन उपचार कक्षमा उपचार भइरहेको बताइएको छ । प्रधानमन्त्री ओलीको मंगलबार दिउँसो महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिसाइटिसको शल्यक्रिया भएको हो ।

सफल नेपाल


ताजा खबर