प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिस : शल्यक्रिया गर्ने तयारी

File Photo

प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यमा समस्या देखिएपछि महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका छन्।

अत्यधिक पेट दुखेपछि अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिस भएको चिकित्सकले बताएका छन्। प्रधानमन्त्री ओलीलाई बिहान साढे ९ बजे अस्पताल भर्ना गरिएको हो।

अस्पतालका अनुसार प्रधानमन्त्री ओलीको शल्यक्रियाको तयारी भइरहेको छ।

मिर्गौलामा समस्या भएका प्रधानमन्त्री ओलीले केही समयदेखि ग्रान्डी अस्पतालमा नियमित डाइलाइसिस गराइरहेका छन्।

रासस

ताजा खबर