निसन्तान जोडीका लागि बरदान टेस्टट्युब बेबी सेवा : बाझोपनको उपचारमा अब्बल ॐ अस्पताल

निःसन्तान भएर बसेका आम मानिसहरूका लागि टेस्टट्युब बेबी एक अभिन्न अंगका रुपमा देखा पर्दै आएको छ । तर निसन्तान जोडीका लागि टेस्टट्युब बेबी बरदान सावित भएको छ ।

विश्वमा टेस्टट्युब बेबीको सुरुवात भएको करिब ३२ वर्ष पछि नेपालमा पनि यसको सुरुवात भएको थियो । नेपालले टेस्टट्युब बेबी सुरु गरेको पनि १६ वर्ष पूरा भएको छ अर्थात् नेपालको पहिलो टेस्टट्युब बेबी अहिले बेबी नभएर किशोर अवस्थामा पुगिसकेका छन्। विश्वमा टेस्ट्युवको माध्यमबाट बच्चा जन्माउने प्रविधिको विकास भएको बेबीको सुरुवात भएको ३२ वर्ष पुगेको छ । नेपालले भने टेस्ट्यूव बेबी सुरु गरेको १७ वर्ष पुरा भएको छ ।

टेस्टट्युब बेबीको लागि नेपालमा सेवा शुरु गरेको काठमाडौंको चावहिलमा रहेको ॐ अस्पताले हालसम्म १ हजारभन्दा बढी टेस्टट्यु बेबी जन्माउन सफल भएको छ । यो नेपाल र नेपालीका लागि गर्वको विषय हो । नेपालमा हालसम्म ओम अस्पतालले निःसन्तान भएका १ हजार भन्दा बढी आमाहरूलाई सन्तान दिलाइसकेको छ । नेपालमा महिलाहरू आइयुआइ र विभिन्न पद्धतिहरूका माध्यमबाट आमा बन्न सफलता मिलेको चिकित्सकहरुको भनाई छ ।

नेपालले टेस्टट्युब बेबीको क्षेत्रमा प्राप्त गरेको सफलतासँगै विश्वमा यस क्षेत्रमा भएका नयाँ प्रविधि विकासको प्रयोग बारे पनि नेपालले ज्ञान हासिल गदै आएको छ ।

नेपालको टेस्टट्युब बेबी सेवा आरम्भ गर्ने पहिलो अस्पतालको रुपमा ॐ अस्पताल लाई चिन्ने गरिन्छ ।ॐ  अस्पतालमा नेपालको पहिलो टेस्टट्युब बेबी ॐ मणी तामाङको जन्म भएको थियो ।

के हो टेस्टट्युब बेबी प्रविधि ?

कृत्रिम गर्भाधान इन व्रिटो फर्टिलाईजेशन (आईवीएफ) महिलाहरूमा कृत्रिम गर्भाधान गराउने स्वास्थ्य विज्ञानको एक प्रविधी हो । यसलाई बाँझोपन कम गर्ने प्रभावकारी प्रविधी मानिन्छ । यस प्रक्रियामा कुनै महिलाको अण्डाशय बाट अण्डलाई अलग गरेर त्यसलाई टेष्ट ट्युबमा शुक्राणुसँग निशेचित गराइन्छ । यसपछि निषेचित अन्डा महिलाको गर्भाशयमा राखिन्छ । विश्वमा पहिलो पल्ट यस प्रविधिको प्रयोग बेलायतमा पैट्रिक स्टेपो र रबर्ट एडवर्डसले गरेका थिए । उनीहरूको यस प्रविधिबाट जन्मेको बच्चाको नाम लुईस ब्राउन थियो, जसको जन्म २५ जुलाई, १९७८ मा मनचेस्टरमा भएको थियो । भारतमा पहिलो पल्ट डाक्टर सुभाष मुखोपाध्यायले यस प्रक्रियाको प्रयोग गरेका थिए । आज यो प्रविधी निःसन्तान दम्पत्तीहरूको लागि एक नयाँ आशाको किरण भएको छ । भारतमा यो प्रविधिबाट जन्मेको शिशुको नाम दुर्गा राखिएको थियो । दुर्गा विश्वको दोश्रो टेष्ट ट्युब बेबी थिइन् । नेपालको पहिलो टेष्ट ट्युब बेबी ओममणि हो ।

बाझोपन के हो ?

नेपालको परिप्रेक्ष्यमा बाँझोपन भन्नले १ वर्ष भन्दा बढी उपचार गर्दा सुरक्षित सम्पर्क गर्दा पनि बच्चा नहुनुलाई बुझ्ने गरिन्छ । नेपालमा बाझोपनको मुख्य कारण मध्ये संक्रमण हुने गरेको चिकित्सकले बताएका छन् । महिलामा बाझोपन हुनका लागि अण्ड निष्कासन, युरिनरी समस्या लगायतका अन्य कारण हुने गरेको छ । यसमा उमेर, तनाव, सामाजिक कारणले फरक पर्ने बताईएको छ । महिलाको ३५ वर्ष उमेर पछि गर्भाधारणको क्षमता घटने बताईएको छ । यौनजन्य सरुवा रोग र असुरक्षित गर्भपतनका कारण पनि सन्तान हुने क्षमतालाई घटाउने बताइएको छ । पुरुषमा भने कार्य वातावरण, संक्रमण र तनाबले बाझोपन हुने जनाईएको छ । यसका साथै पुरुषको उमेर घट्दै जाँदा पनि सन्तान हुने सम्भावना कम हुदै जाने गर्दछ । ॐ अस्पतालमा टेस्ट्यूव बेबी चिकित्सा क्षेत्रमा काम गर्दै आएकी डा. सविना श्रेष्ठले वैदेशिक रोजगारीका कारण पुरुष बाहिर रहनेका श्रीमतीको सन्तान उत्पादनमा असर परेको जनाएकी छन् ।No photo description available.

सफलताको कथा :

ॐ अस्पताल को आइ भी एफ सेवाको मध्यम बाट पाएको सन्तान सुख र वात्सल्य सुखको अनुभव सुनाउदै नेपाल को पहिलो टेस्ट्युव बेबी ओममणि तामाङ कि आमा सन्ध्या तामाङले भनिन, विवाहिता स्वास्नीमान्छे र अविवाहिता स्वास्नीमान्छे दुवैको अनुभव गरें मैले । केही तीतो त केही मीठो पनि । विवाह नहुँदा आनन्दको जिन्दगी । आफू आफैले जे गरे पनि हुने जहाँ गएपनि हुने । तर विवाहपश्चात् अरुको लागि, परिवारको लागि, आफन्तको लागि, समाजको लागि आफ्नो दिनचर्या सुरु गर्नुपर्ने । पारिवारिक वन्देज, सामाजिक रोकटोक भनेजस्तो सोचे जस्तो नहुदो रहेछ । त्यसमा झन निःसन्तान स्वास्नी मान्छेको लागि सामाजिक कानेखुशी, पारिवारिक घोचपेच र आफन्तको भलाकुसारीले गर्दा वाह्य सुख भएता पनि मानसिक सुख भने कहिले नहुदो रहेछ । म पनि गुज्रदै गए यी अवस्थाहरूवाट ।
भगवानले सन्तान नदिएको पनि होइन । पहिलो सन्तान महिना पुगेर बिते भने दोश्रो र तेश्रो सन्तान २–३ महिना नपुग्दै बिते । दुःख पनि लाग्थ्यो सन्तान सुख नपाइने हो कि भनेर । मनलाई चित्त पनि वुझाउँथे । म जस्ता कतिपय स्वास्नी मान्छेहरू निःसन्तान भएर पनि खुशी र सुखी छन् । तर मनले सोचे जस्तो सुख र खुशीले कहाँ वस्न पाइँदो रहेछ समाजको अगाडि । जहाँ गए पनि छोराछोरी कतिवटा भए ? कत्रा भए ? किन भएनन् ? विवाह भएको कति वर्ष भयो ? आदि इत्यादि प्रश्नको ओइरो लाग्दथ्यो ।

ओम अस्पतालको सहयोगबाट मैले सन्तान सुख पाएँ । आभारी छु ओम अस्पतालको आईभीएफ टिमका सम्पूर्ण सदस्यहरूप्रति । बच्चा भएको ११ औं दिनमा बाबुको न्वारन पनि गरियो । धर्म, संस्कृति र वौद्ध परम्परा अनुसार लामा गुरुबाट बाबुको नाम रिन्जिध्र नोर्वु तामाङ्ग राखियो । वौद्ध धर्मगुरु र पुरोहित गुरुको सरसल्लाह अनुसार घरमा बोलाउने नाम नोर्बु राखियो भने चलनचल्तिको नाम ॐमणि तामाङ हस्पिटल छँदै मेरी आमा (माइती) ले राखी दिनु भएको थियो । अहिले हामी दुई र हाम्रो परिवार सुखी र खुशी छौं । छोरो अहिले जाउलाखेलस्थित सेन्ट जेभियर्समा पढ्दैछन् । पढाइमा पनि राम्रो गरिरहेका छन् यि सबै कुराहरुकालागि हामी ॐ अस्पताल परिवार प्रति आभारी छौं ।

Image may contain: 1 person
 ॐ मणी तामाङ स्टुडियोमा  फोटोका लागि पोज  दिँदै 

तपाईंहरुपनि सन्तान सुख खोजिरहनु भएको छ र पटक पटकको प्रयास असफल भयो भनेर निरास हुनुभएको छ भने एक पटक ओम अस्पतालमा गएर परामर्श गर्नुस है !

सफल नेपाल 


ताजा खबर