विश्वकप: अस्ट्रेलियाले ट्युनेसियालाई १-० गोलले हरायो

अष्ट्रेलियाले कतारमा जारी विश्वकप फुटबलमा पहिलो जित निकालेको छ ।  समूह ‘डी’ अन्तर्गत अल जनोब स्टेडियममा शनिबार भएको खेलमा अस्ट्रेलियाले ट्युनेसियालाई १–० गोलले हरायो ।

अस्ट्रेलियाको जितमा मिचेल डुकेले गोल गर्नुभयो । डुकेले २३औँ मिनेटमा क्रेट गुडविनको पामसा हेडमार्फत गरेको गोल अष्ट्रे्लियाको जितमा पर्याप्त बन्यो । दोस्रो हाफमा ट्युनिसियाले गोल गर्ने अवसर पाए पनि सदुपयोग गर्न सकेन ।

पहिलो जितसँगै तीन अङ्क बनाएको अष्ट्रेलिया समूहको दोस्रो स्थानमा छ । शीर्षस्थानमा रहेको फ्रान्सको ३ अङ्क छ । यसअघि समूहको पहिलो खेलमा अष्ट्रेलिया फ्रान्ससँग ४–१ गोलले पराजित भएको थियो । ट्युनिसिया र डेनमार्कको एक एक अङ्क छ ।

पहिलो खेलमा ट्युनिसियाले डेनमार्कले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका थिए । यस समूहको अर्को खेलमा आजै राति ९:४५ बजे फ्रान्स र डेनमार्कबीच प्रतिस्पर्धा हुनेछ । एजेन्सी 


ताजा खबर