‘सुपर डान्सर नेपाल’ सिजन वानको उपाधि सिद्धार्थ र मिङ्मालाई

टेलिभिजन रियालिटी शो ‘सुपर डान्सर नेपाल’ पहिलो सिजनको उपाधि सिद्धार्थ श्रेष्ठको समूह टीम ‘सिड्मिङ’ले जितेको छ ।

शुक्रबार सम्पन्न भएको सुपर फिनालेमा सिद्धार्थ र उनका डान्स कोरियोग्राफर मिङ्मा डी लेप्चाले उपाधि जितेका हुन् । उनीहरुले १५ लाख रुपियाँ नगद र अन्य पुरस्कारसमेत जितेका छन् ।

सुपर डान्सर नेपालका निर्देशक भूषण दाहाल हुन् भने निर्णायकमा भुवन केसी, जसिता गुरुङ र सुरेन राई रहेका थिए ।


ताजा खबर