‘विषादी परीक्षण नगरी भारतबाट तरकारी नभित्र्याउनु’

विषादी परीक्षण नगरी भारतबाट तरकारी तथा फलफूल नभित्र्याउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

अधिवक्ता स्वागत नेपाल लगायतले दायर गरेको रिटमाथि सुनुवाई गर्दै न्यायाधीश डा।आनन्दमोहन भट्टराईको एकल इजलासले राजपत्रमा प्रकाशित सूचनालाई बदर गर्ने गरी मन्त्रिपरिषद्बाट भएको निर्णय तत्काल कार्यान्वयन नगर्न–नगराउन अन्तरिम आदेश दिएको हो ।

सर्वोच्चले सरकारी पक्षलाई यही असार ३० गते लिखित जवाफसहित छलफलका लागि उपस्थित हुन आदेश दिएको छ ।
यही असार ३ गते राजपत्रमा सूचना प्रकाशित गरी सरकारले विदेशबाट भित्रिने कृषिजन्य पदार्थमा अनिवार्य विषादी परीक्षण गर्ने व्यवस्था गरेको थियो ।

भारतीय पक्षबाट चर्को दबाब आएपछि गत बिहीवार बसेको मन्त्रिपरिषद बैठकले तयारी नपुगेको भन्दै विषादी परीक्षण नगरी तरकारी नभित्र्याउने निर्णय स्थगन गरेको थियो ।


ताजा खबर