नर्भिकमा नयाँ क्याथल्याव, मुटु दिवस पारेर उद्घाटन

मुटुरोगको उपचारमा चर्चित थापाथलीस्थित नर्भिक अस्पतालमा नवीनतम् क्याथल्याव सञ्चालनमा ल्याएको छ । विश्व मुटु दिवसका अवसर पारेर अस्पतालका अध्यक्ष बसन्त कुमार चौधरीले सो सेवाको समुद्घाटन गरे । प्रविधिले सुसज्जित भएको हुँदा मुटुका रक्तनली हातखुट्टाका रक्तनली र मुत्रप्रणालीका रक्तनली आदिको इन्टरभेन्सन्स् सुरक्षित छिटो र छरितो गर्न सकिनुका साथै न्युरो नेभिगेसनमा समेत अत्यन्त भरपर्दो हुने अस्पताले जनाएको छ ।
विश्व मुटु महासंघको आह््वानमा हरेक वर्ष सेप्टेम्बर २९ मा मनाइने दिवसको अवसर पारेर अस्पतालले विभिन्न कार्यक्रमसमेत गरेको छ । कार्यक्रममा चौधरीले नर्भिकलाई अभै उत्कृष्ट पार्न संसारभर हाल विद्यमान सवै प्रविधि भित्र्याइने प्रतिबद्धता जाहेर गरे । त्यसैगरी आगामी कात्तिक ९ गते नर्भिकको ८ तल्ले नयाँ भवनको सिलान्यास गरिने र यसलाई २५६ शैयायुक्त राष्ट्रकै अति विशिष्ट हस्पिटलका रुपमा रुपान्तरीत गर्ने व्यहोरा समेत घोषणा गरे ।

नर्भिकले मनायो मुटु दिवस

अस्वास्थकर जीवनशैलीजस्ता कारणले हुने मुटुरोगका कारण विश्व भरका प्रत्येक वर्ष १ करोड ७५ लाखभन्दा बढी मानिसहरूले प्रत्येक वर्ष ज्यान गुमाइरहेका छन् । एक तथ्यांकअनुसार नेपालमा पनि शहरी जनसंख्याको झण्डै ७ देखि ८ प्रतिशत मानिसहरू कुनै न कुनै प्रकारका मुटुरोगबाट ग्रसित रहेका छन् ।

सूर्ति तथा सूर्तिजन्य पदार्थको व्यापक प्रयोग, मधुमेह, अस्वस्थ आहार–व्यवहार, मद्यपान, उच्च रक्तचाप, उच्च रक्त कोलेस्टेरोल, ज्यादा मोटोपना, शारीरिक निस्क्रियता वा विलासपूर्ण जीवनशैलीका कारण विश्वभर कै मानिसहरु यसको चपेटामा पर्दैआएका छन् र रोगीहरु बढ्दै गइरहेका छन् ।
विश्व मुटु दिवसको अवसर पारेर नर्भिकमा आयोजित समारोहमा बरिष्ठ मुटुरोग विशेषज्ञ डा. यादवदेव भट्टले नेपालमा मुटुरोग विधालाई विश्वस्तरीय पार्न विविध विशेषज्ञ सेवा थप गर्दै “इन्टेन्सिभ केयर स्पेशलिष्ट” को सेवा थप्न आवश्यक भएको बताए ।

दिवसको अवसरमा नर्भिकमा गत वर्ष जटिल एन्जियोप्लाष्टी, प्राइमरी एन्जियोप्लाष्टी (व्यक्तिलाई हृदयाघात भएपछि जीवन बचाउन तत्कालै गरिने एन्जियोप्लाष्टी प्रक्रिया) र हृदयरोग शल्यक्रिया (वाइपास सर्जरी) गराई स्वास्थ्य लाभ गरिरहेका करिब २०० जना बिरामी उपस्थित थिए । जसमध्ये १० जना जेष्ठ नागरिकहरूलाई सो अवसरमा सम्मान गरिएको थियो । हस्पिटलका विभिन्न विभागहरुमा रही वर्षभर उत्कृष्ट कार्य गर्दै मुटुरोग उपचारमा विशेष योगदान पु¥याउने कर्मचारीहरुलाई समेत कार्यक्रममा प्रबन्ध निर्देशक तथा समारोवी सभापति मेघा चौधरीद्वारा सम्मान गरिएको थियो ।

यस वर्षको विश्व मुटु दिवसका अवसरमा पनि नर्भिकले विशेष मुटुजाँच कार्यक्रमको तय गरेको थियो । उक्त जाँच कार्यक्रम अन्तर्गत विशेषज्ञबाट निशुल्क जाँचका साथ निदानात्मक जाँचहरु र परामर्श सेवा रहेका थिए ।


ताजा खबर