नेपाल बैङ्कले ल्यायो डबल धमाका मुद्दती खाता

नेपाल बैङ्क लिमिटडले नेपाल बैङ्क डबल धमाका मुद्दती खाता सञ्चालनमा ल्याएको छ । व्यक्तिले यो मुद्दती खातामा लगानी गरेको रकम छ वर्ष चार महिना २० दिनमा दुई गुणा हुनेछ भने संस्थाको हकमा सात वर्ष तीन महिनामा दुई गुणा हुने बैङ्कले जनाएको छ ।

May be an image of 1 person and text

यो मुद्दती खातामा रेमिट्यान्सबाट प्राप्त रकम लगानी गर्दा पाँच वर्ष ११ महिना दुई दिनमा दोब्बर हुनेछ । यो मुद्दती खाता खोल्ने ग्राहकले पाँच लाख रुपियाँसम्मको क्रेडिट कार्ड सुविधालगायत अन्य आकर्षक सुविधा पनि प्राप्त गर्ने बैङ्कले जनाएको छ ।


ताजा खबर