नवनियुक्त सात नेपाली राजदूतको शपथ

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त नेपाली राजदूतहरूले राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा आज आयोजित एक समारोहबिच पद तथा गोपनीयताको शपथ लिनुभएको छ । उक्त अवसरमा परराष्ट्रमन्त्री डा नारायण खड्का लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारी समेतको उपस्थिति थियो ।

शपथ लिने राजदूतहरूमा तीर्थराज वाग्ले (बहराइन), डोरनाथ अर्याल (ओमान), नवराज सुवेदी (साउदी अरेबिया), वासुदेव मिश्र (श्रीलङ्का), भरतकुमार रेग्मी (अस्ट्रिया) तथा संयुक्त राष्ट्रसङ्घ कार्यालय, भियनाका लागि नेपालको स्थायी प्रतिनिधि, सुशील कुमार लम्साल (इजिप्ट) र घनश्याम भण्डारी (बङ्गलादेश) हुनुहुन्छ ।

रासस


ताजा खबर