पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्यो

वर्षासँगै पहिरो खसेर अवरुद्ध भएको नारायणगढ -मुग्लिन सडकखण्ड पुनःसञ्चालन भएको छ ।

गए राति ९:५ बजे चितवनको इच्छाकामना–६ तोपे खोलामा माथिबाट पहिरो खसी बाटो दुइतर्फी अवरुद्ध बनेको  थियो ।

पहिरो हटाएर राति १:३० बजेबाटनै सडक पुनःसञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिनुभयो ।


ताजा खबर