नेपाल जुनियर तथा क्याडेट टेबलटेनिसको फाइनलमा

नेपाल दक्षिण एशियाली जुनियर तथा क्याडेट टेबलटेनिसको फाइनलमा प्रवेश गरेको छ ।

माल्दिभ्सको मालेमा जारी प्रतियोगिताको सेमिफाइनलमा नेपाली क्याडेट महिला टोलीले श्रीलङकन क्याडेट टोलीलाई ३–१ ले हराउँदै फाइनलमा पुगेको अखिल नेपाल टेबल टेनिस संघका उपाध्यक्ष धर्ममान बज्राचार्यले जानकारी दिनुभयो ।

फाइनलमा नेपालीले उपाधीका लागि भारतसँग प्रतिस्पर्धा गर्नेछ । 


ताजा खबर