नेपाल भ्रमण बर्ष २०२० को प्रचार–प्रसारका निम्ती ‘ट्राभल सो’ निर्माण

काठमाडौं। सरकारले मनाउँदै गरेको भ्रमण बर्ष २०२० को प्रचार–प्रसार गर्ने उद्देश्यले Visit Nepal Year 2020 को सचिवालयले निजी क्षेत्रसँगको सहकार्यमा ‘Pulsar The Next Destination’ नामक पाक्षिक टेलिभिजन ‘ट्राभल सो’ निर्माण गरी प्रसारणको तयारी गरेको छ ।

Visit Nepal Year 2020 को सचिवालयमा पत्रकार सम्मेलन मार्फत उक्त जानकारी दिईएको हो । कार्यक्रम नेपाल टेलिभिजन तथा हिमालयन टेलिभिजन मार्फत प्रसारण हुने छ । सचिबालयका संयोजक सुरज वैद्यले नेपाल भ्रमण वर्षकालागि नयाँ गन्तब्यको’boutमा यस कार्यक्रमले थप मद्यत पुग्ने बताए ।

द होराईजन मल्टि मिडिया प्रालि तथा Visit Nepal Year 2020 को सचिवालयलको सहकार्यमा उक्त कार्यक्रम निर्माण गरिएको द होराईजन मल्टि मिडिया प्रालिका अध्यक्ष राधाकृष्ण धितालले जानकारी दिए ।

नेपाल टेलिभिजन र हिमालयन टेलिभिजनबाट प्रसारण हुने कार्यक्रममा नेपालका विभिन्न २६ वटा पर्यटकीय गन्तव्यलाई समेटिनेछ । पर्यटनको उच्च सम्भावना बोकेका तर प्रचार–प्रसारको अभावले ओझेलमा परेका गन्तव्यलाई उजागर गर्ने कार्यक्रमको लक्ष छ । कार्यक्रममा गन्तव्यको ऐतिहासिक, भाषिक, सांस्कृतिक, धार्मिक पाटासँगै त्यहाँको जीवनशैली, खानपान र कथाहरुलाई समेटिने जनाएको छ । प्राकृतिक सुन्दरता सँगै सामाजका लुकेर रहेका विविध आयामलाई पनि प्रकाश पार्नु कार्यक्रमको ध्येय रहेको कार्यक्रमका निर्देशक राधाकृष्ण धितालले बताए ।

कार्यक्रम नेपाली भाषासहित हिन्दी, अंग्रेजी र चिनियाँ भाषामा समेत ‘Subtitle’ गरी विभिन्न माध्यमबाट विभिन्न देशमा समेत प्रचार–प्रसार गरिनेछ । जसले विदेशी पर्यटकलाई नेपाल भ्रमणका लागि आकर्षित गर्ने विश्वास लिइएको सचिवालयले जनाएको छ ।

NTB


ताजा खबर