भनेँ नि ! ‘ऊ तेल गोडामै घस्ने गरी आउँछ’

अर्जुन पराजुली

मैले भनेँ नि आमा !
चिन्ता नलिनू, ऊ आउँछ
भोट माग्न

पँलेटी कसेर गुन्द्रीमै बस्ने गरी आउँछ
तेल गोडामै घस्ने गरी आउँछ

उसले हजुरलाई
केबुलकार ल्याइदिन्छ

सिटामोल किन्नका लागि सहर जान,
लसुनको पोटी ल्याइदिन्छ

रोप्नका लागि चन्द्रमामा जान,
‘पत्रकार भेला’ गरेर
माइकबाट उसले भन्दैछ

पहाड चढेर आउँदा ऊ चढेर आउँछ
उसको कारखानामा अहिले पानीजहाज बन्दैछ !!!


ताजा खबर