ज्ञानेन्द्र शाहीको चितवन मेडिकल कलेजमा उपचार हुँदै,यस्तो छ अवस्था

नेकपाका कार्यकर्ताहरुले चितवनको भरतपुरमा भ्रष्टचार विरोधी अभियन्ता ज्ञानेन्द्र शाही कुटपिट गरेका छन् । आज (शनिबार) दिउँसो भरतपुरको चौविसकोठीमा आयोजित ‘नेपालका लागि नेपाली’ कार्यक्रममा सहभागि हुन आएका शाहीलाई नेकपा सम्बद्ध विद्यार्थीहरुले गाडी भित्रै कुटपिट गरेका छन् । शाहीको टाउको चोट लागेको छ ।

शाहीको अहिले चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । उनको टाउकोमा चोटपटक लागेकाले सिटीस्क्यान गरिएको छ । शाहीको अवस्था मध्यम रहेको चितवन मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले जानकारी दिए ।

नेकपा कार्यकर्ताको कुटाइबाट अन्य दुई जना समेत घाइते भएका छन् । उनीहरुको पनि सोही अस्पतालमा उपचार भइरहेको छ । ग्लोबल होटल भरतपुरमा रहेको बा ३ ख ८४५८ नम्बरको माइक्रो बसमा बसेका शाहीलाई बसभित्रै नेकपाका कार्यकर्ताले आक्रमण गरेका थिए ।

नेकपा सम्वद्ध विद्यार्थीहरुले ‘राजावादीलाई कार्यक्रम गर्न दिँदैनौं’ भन्दै कार्यक्रम बिथालेका छन् । त्यसक्रममा केहीबेर तनाव समेत भएको थियो ।


ताजा खबर