नर्सिङ्गमा ब्याङ्ग

~अनिता पोख्रेल

ए छोरा ! प्रेम गरेमा नर्स केटीलाई केही भन्दिन

नर्सबाहेक अरु कसैलाई बुहारी म गन्दिन

लाखौं कमाउन विदेशमा यिनकै हुन्छ हात रे

लौन नर्स केटी खोजिदेउ विदेशमा बस्ने केटो भन्छ रे

सुनको अण्डा पैसाको खानी जस्ती भएनी हुन्छ

विहे गर्न ए वा मलाई नर्स केटी नै चाहिन्छ

हैन यो के विधि साह्रो चर्चा यो नर्सको

कस्तो परिणाम हो यो लौन तीन बर्षे कोर्षको

रुप रङ्ग उचाइ र तौल हेर्दै पछि गरौन

लौन ए पण्डित बाजे विहेको साइत जुराउन !!


ताजा खबर