एन्फाको विशेष साधारण सभा चैत्र १५ गते हुने

अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारण सभा चैत १५ गते हुने भएको छ ।

एन्फाको १८ औं कार्यसमिति बैठकले साधारण सभा चैत १५ गते काठमाडौंमा गर्ने निर्णय गरेको हो ।

यस अघि साधारण सभा फागुन आठ गतेलाई तय गरिएको थियो । तर, प्राविधिक कारण देखाएर साधारण सभा स्थगित भएको थियो ।

यस्तै बैठकले निर्वाचन कार्यतालिका अनुमोदन गरेको छ । एन्फाको निर्वाचन आगामी वर्षको जेठ १५ गते हुनेछ ।

बैठकले बैशाख १ देखि १० गतेसम्म जिल्ला संघको निर्वाचन गर्ने निर्णय गरेको छ ।

त्यस्तै नेपाल सुपर लिगको बारेमा एन्फा अध्यक्षको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेको छ ।

त्यस्तै एन्फाले चार ए डिभिजन क्लबसँग नेपाल सुपर लिगबारे छलफल गर्ने जनाएको छ ।


ताजा खबर