थाइल्यान्डसँगको मैत्रीपूर्ण खेल १० चैतमा


नेपालले १० चैतमा थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्दै छ। त्यसका लागि प्रशिक्षक अल्मुताइरीले फरवार्ड विमल घर्तीमगर र सुनिल वललाई भने बोलाएका छैनन्। यी दुवै खेलाडी यसअघि मरिसस विरुद्धको खेलमा राष्ट्रिय टोलीमा थिए। विमलले एउटा खेलमा गोल पनि गरेका थिए।

सुनिल यो वर्षको ‘ए’ डिभिजन लिगका सर्वोत्कृष्ट खेलाडी हुन्। चोटको कारण लामो समय मैदान बाहिर रहेका विमलले पनि लिगमा उत्कृष्ट कमब्याक गरेका थिए। त्यस्तै लिगका उत्कृष्ट गोलरक्षक विशाल सुनार पनि राष्ट्रिय टोलीमा परेका छैनन्।

एएफसी कप छनोट तेस्रो चरणको तयारी गरिरहेको नेपाल समूह ‘ए’मा छ। आगामी जुनमा हुने छनोट प्रतियोगितामा नेपालले जोर्डन, कुवेत र इन्डोनेसियासँग प्रतिस्पर्धा गर्नेछ।

त्यसअघि नेपालले थाइल्यान्डको भ्रमण गर्न लागेको हो। नेपालले थाइल्यान्डमा राष्ट्रिय टोली र चोङबुरी एफसीसँग मैत्रीपूर्ण खेल खेल्नेछ।

नेपालको प्रारम्भिक टोल: किरणकुमार लिम्बु, टिकेन्द्र थापा, दीप कार्की, आशिष लामा, आयुश घलान, अनन्त तामाङ, अन्जन विष्ट, प्रशान्त अवस्थी, नवीन गुरुङ, एरिक विष्ट, दर्शन गुरुङ, नितिन थापा, दिनेश राजवंशी, गौतम श्रेष्ठ, पुजन उपर्कोटी, सन्तोष तामाङ, आकाश बुढामगर, सुमन अर्याल, सुमन लामा, सुदीप गुरुङ, सुरज ज्यू ठकुरी, तेज तामाङ, सुवास गुरुङ, रोहित चन्द र जगजीत श्रेष्ठ।


ताजा खबर