माओवादी केन्द्रको जनपरिचालनको जिम्मा प्रचण्डलाई

 नेकपा (माओवादी) केन्द्रले कोरोना महामारीको तेस्रो लहर कम नभएसम्म जनपरिचालनका कामहरूको जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिने भएको छ ।

आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको पूर्वस्थायी कमिटी सदस्यहरूको बैठकले जनपरिचालन र बाँकी रहेका सङ्गठनात्मक कामहरू टुङ्ग्याउने जिम्मा अध्यक्ष प्रचण्ड लाई दिने निर्णय गरेको नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्ण बहादुर महराले जानकारी दिनुभयो ।

उहाँले बैठकमा अमेरिकी सहयोग (एमसिसी) र आगामी निर्वाचनका विषयमा पनि गहन छलफल भएको बताउनुभयो ।


ताजा खबर