म सुन्य छु

~डा.प्रकाशचन्द्र लोहनी

धेरै टाढा हेर्न खोज्छु

तर नजिक भुल्न सक्तिन

सायद मानबिय कमजोरी

सधै कोहि बाचिरहदैन

टाढा र नजिक

नजिक र टाढा

को टाढा को नजिक

यो त कल्पना रहेछ

समय त हासी रहेछ

मलाई भन्छ हे कान्छा !

म जहाँ छु, त्यहि छु

बग्ने त तिमि होउ

कता बग्छौ

कहाँ कहाँ पुग्छौ

नर्क मा पुग्छौ या शान्ति को मन्दिर मा

त्यो तिम्रो निर्णय हो

तिमि लाई शुभ कामना

म समय हु त्यसैले म सुन्य छू


ताजा खबर