टी-२० विश्वकपका लागि १६ सदस्यीय टोली घोषणा

फेब्रुअरीमा ओमान हुने टी-२० विश्वकप ग्लोबल छनोटका लागि १६ सदस्यीय नेपाली टोली घोषणा भएको छ । युवा ब्याट्सम्यानहरुलाई समेट्दै नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार सन्दीप लामिछानेको कप्तानीमा टि२० विश्वकप ग्लोबल छनोट ए को लागि अन्तिम १६ सदस्य टोली घोषणा गरेको हो ।

टोलीमा हालै सम्पन्न प्रधानमन्त्री कप टी-२० प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका युवा ब्याट्सम्यान लोकेश बम र विवेक यादवले स्थान बनाएका छन् भने शरद भेषावकर, प्रदीप ऐरी र तीव्र गतिका बलर जितेन्द्र मुखियाले पुनरागमन गरेका छन् । टोलीमा नियमित खेल्दै आएका तीव्र गतिका बलर सोमपाल कामी र विकेटकिपर विनोद भण्डारी भने अटाएनन्।

ओमानमा तय विश्वकपको ग्लोबल छनोटको समूह ‘ए’ मा नेपालसँगै आयरल्यान्ड, ओमान, युएई, फिलिपिन्स, जमर्नी, क्यानडा र बहराइन छन् । समूहको शीर्ष दुई टोली अस्ट्रेलियामा हुने विश्वकपमा स्थान बनाउने छन् । खेल सन् २०२२ को १५ देखि २५ फेब्रुअरीसम्म आयोजना हुनेछ ।

नेपाली टोलीः-

सन्दीप लामिछाने (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, शरद भेषावकर, आरिफ शेख, करण केसी, जितेन्द्र मुखिया, अभिनाश बोहरा, शाहब आलम, कमलसिंह ऐरी, विवेक यादव, लोकेश बम र प्रदीप ऐरी ।


ताजा खबर